Mahattam
केन्द्रको स्थापना गर्दै उपकेन्द्र बढाउन
......................................................
विश्वयुद्धले संसारै क्षत्रि्रस्त बनिगयो ।
शीतयुद्ध भयो फेरि अशान्ति भरिंदै गयो ।।
काम, क्रोध, अहंकार, लोभ र मोहले पनि ।
आक्रान्त बनेका मान्छे कृतघ्न दर्ुर्गुणी बनी ।।
मान्छे ले मान्छे चिन्दैन काटमार अपार छन् ।
आत्माका गुण बिर्सर्ेेदुःख भोग्न तयार छन् ।।
वैज्ञानिकहरुका खोजी अशान्ति थपिए झन ।
शान्तिको स्थापना गर्न लागेका कोही सज्जन ।।
चरित्रै हो सबै भन्दा ठूलो सुधारने कुरा ।
मान्छे मान्छे सबै सुध्रे शान्ति कार्य भयो पूरा ।।
शिवको रुप हूँ भन्दै परमात्मा चिनाउन ।
राजयोग प्रशिक्षणको कार्यारम्भ गराउन ।।
लाग्दै स्थापित यो यौटा विश्वविद्यालयै भयो ।
ब्रहृमा कुमारीका मार्फ शिक्षाको दीप फैलियो ।।
गरेर सृजना यौटा आस्था राख्ने बनाउन ।
केन्द्रको स्थापना गर्दै उपकेन्द्र बढाउन ।।
ज्ााने तयारीका साथै जानकारी पनि दिए
......................................................
आत्माको शान्तिका लागि केन्द्रको योजना भयो ।
बागलुङको नगरी भित्रै प्रशिक्षण केन्द भैगयो ।।
शान्ति शिविर वा अन्य आँवूका गोष्ठी सम्ममा ।
सहभागी बनी बुझन चाहने छात्र अन्यमा ।।
ज्ाानकारी दिंदै लाने योजना केन्द्रको भयो ।
टोलीमा मिसियौं हामी सूचीमा नाम गैगयो ।।
टिकट बुकिंङ आदिका काम पैले बनिसके ।
निर्धारित समय भित्रै टोली जाने बनिसके ।।
यो चोटि जाने टोलीका व्यक्ति निश्चित नै भए ।
केन्द्रमा आउँदै जाने सूचना पनि पर्खिए ।।
केन्द्रमा मुरली सुन्दै राजयोग प्रशिक्षण ।
ध्यान अभ्यासमा लागे चाहनेहरु भ्रमण ।।
साढे पाँच बजे असार महिना बेलुकी छब्बिस गते ।
आँबू जाने सबै संगीहरु पनि राजयोग् भवनमा जुटे ।।
सावित्री, जीवराज, राजु खडका आफ्ना अनुभव भने ।
यात्राका सुख दुखका सब कथा सुनेर सबले गुने ।।
नियम पालनका कुराहरु भए सामान सुरक्षा गनी ।
रेलका चोरी चकारी छुट्न नहुने छोडेर टोल्ाी अनि ।।
ग्ााईड भन्दछ जे गरेर अरुले बाँधी अनुशासन ।
टोपी वा कपडा सुसभ्य महिला नेपाली पर््रदर्शन ।।
हिडने दिन बिहान सुसूचित भए सबै
......................................................
बेला भो अबता तयारी छ कसो लौ केन्द्रमा आउनु ।
साथीले परखी बसेर अहिले परेछ संझाउनु ।।
फोनमा यत्ति कुरा गरेर जीवराज सम्चार भन्नु भयो ।
बाँकी छ समय घडी ठीक थियो झोला तयार भै गयो ।।
छोरी छन् घर कुरने अब गए नाति बसी खेलन ।
यात्राको अवधि नसोची घरको निश्चिन्त भै घुमन ।।
ढोका बन्द गरी गए नि फूलमा पानी कले हो दिने ।
म्ााया मोह हटाउँ भन्न सजिलो आफन्त को बिर्सने ।।
बिहानै उठियो तयार भइयो पोका र झोला बने ।
एक छिन आश्रममा पसेर बुझियो पर्खिरहेछौं भने ।।
सावित्री दिदीले टीका फूल दिई यात्रा शुभै होस भनिन् ।
टोलीले रसिलो बनेको मुखले जान्छौं भनेरै हिडिम ।।
बसमा के पुगियो ठीकै समय भो बसपार्क छुट्ने भयौं ।
राजु भाइ थिए विदाई गरने बाटो भरि संझियौं ।।
कुश्मामा बस टक्क रोकिन गयो साथीहरु ओर्लिए ।
पर्खेरै बसेका ती ज्ञानपरसाद लिएर पो फर्किए ।।
बागलुङ्का अब आठ् सबै जन भए टोली बलियो बन्यो ।
क्या थोत्रो बस पो परेछ सिट छन् झयालै नलाग्ने भयो ।।
झर्नु उक्लनु ता पटक पटक भो चेक गर्ने आर्मी भए ।
तर्ीथालु बनियो कतै छूट भयो लौ लौ भयो भन्दिए ।।
पानी दर्किन गो दिनै भरि जसो गर्मी हरायो गयो ।
वषर्ा चम्किन गो खडेरी पछिको मन्मा खुशी भै गयो ।।
वालिङ सुन्दर त्यो बजार झरियो खाना पिना क्यै भयो ।
गाडी ता कुदी गो बुटौल नगरी चारै बजे भित्रियो ।।
यात्रु थोर भएर हो कि किन हो ड्राइभर नमान्ने भयो ।
भैरवा पुगने मिनीबस चढयौं त्यो बस नजाने भयो ।।
बेलैमा पुगियो र भेट्न सकियो राजयोग प्रशिक्षण ।
खैरेनी तिरका अरु पनि थिए पैले पुगेका गण ।।
टोली शीतल जल् पिएर बसियो चिन्जान सबैको भयो ।
क्या ठाउँ पुगियो सबै मन खुसी आनन्द लाग्दो भयो ।।
मीठो भोजन भो सौहार्द मनभो पाएर गदगद् मन ।
यो पैलो दिनको स्वभाव जनको कैले पनि भुल्दिन ।।
यस्ता बस चढिए पटक पटक ता यात्रा फरक यो भयो ।
भारतमा पसने पटक यो पहिलो अध्यात्म यात्रा बन्यो ।।
आँबूको सपना मनै भरि थियो प्रत्यक्ष दर्शन लिने ।
ओम शान्ति मनमा भरेर पनि यो यात्रा महत्तम हुने ।।
बाटोमा बुटबल कटीकन गयौं
......................................................
बुटबल भनेको बल्ता बुटमा हैनकि कसो- ।
बुटै बजाउने शक्ति नभए हुन्नथ्यो यसो ।।
यसो गर्दा उसो हुन्न यसो भएर पो उसो ।
बेकार्का बिराला पाल्छन् मार्दैनन् एउटा मूसोे ।।
दूधको तर खान्छन् खै कुरौनी पनि चाटने ।
बहुमत पट्टी बाँधेर अर्धांगै भई नाचने ।।
ऐले त सदनै छैन सडकमा सब कर्ुलने ।
नीकै छन् शान्तिका वार्ता युद्धको भेल उर्लने ।।
सबै शान्ति भनी कर्ुर्ले अशान्ति बढ्न आउँछ ।
समाधान सबै बन्दा समस्या झन् उदाउँछ ।।
सबै तातो भए देखि समस्या चीसो खोजने ।
सबै चीसो भए देखि समस्या तातो रोजने ।।
सन्तुलन चाहियो भन्दै आफै असन्तुलित् बनी ।
टग अफ् वार कस्तो भो छिन्छ कि रसी यो भनी ।।
ठोक्किदैं तानिदै गर्ने कैले सम्म छ खेल यो ।
टिकट् बेकार काटेर खेल कत्ति नहेर भो ।।
बाटा घाटा जति बन्छन् अर्कैको सहयोग छ ।
नाका दक्षिणका खुल्छन् भारतैको प्रयोग छ ।।
कोदारी बाटोको चासो चीनलाई पनि पर्यो ।
सुविधा पाइयो केही सामान उसकै झर्यो ।।
मेरो व्यापारमा जान मैले बाटो बनाउँछु ।
मेरो आयातका लागि अर्को बाटो खनाउँछु ।।
संझौता तव पो हुन्छ आयात् निर्यातको कुरा ।
सबैको चाख आफ्नो छ त्यसैमा लाग्दछन् पूरा ।।
ब्ाटा मर्मत हुन्नन् यी लाग्ने हो कहिले कति ।
द्वन्द्वको रुप अर्कै छ ब्रि्रदों देशको गति ।।
लड्न नचाहने हामी कति शान्ति कराउने ।
खतरा बाटोमा गुड्दा हाम्रो होस हराउने ।।
भैरवा पुगियो बस्न साँझैमा दीप भल्मल
......................................................
आठ् अञ्चलहरुका ती केन्द्रहरुमा निर्देशनै भेजने ।
भेैरवा छ कि यो प्रधान अफिसै पश्चिम् नेपाल हेरने ।।
डाइरेक्टर अहिले बहन परिणिता महान् विदुषी मना ।
शान्तिका अवधारणा भरिदिने आत्मा महान् अर्चना ।।
क्या गर्मी स्थल यो हपक्क बलने तातो हवा हम्कने ।
ल्ास्कर स्वागत गानले उडी उडी लाम्खुट्टे पो झुम्मिने ।।
मान्छेको मन हो वसन्त मनमा सद्भावले छाउने ।
धूलो फोहरको सडक किन नहोस् मनमा सुगन्धै हुने ।।
व्यापारिक पनि केन्द्र दक्षिण तिर सुनौली नाका हुँदै ।
स्थापित भारतको युगौं युग बूढो सम्बन्ध संलग्न भै ।।
मान्छे या चीज हुन् गणित भुलने आयात निर्यातका ।
यही दिव्य भूमि विशाल नगरी स्वाधीन संसारका ।।
राती बास भयो नथमल गिनिया स्मृति भवन अन्तत ।
केन्दै्रमामहिला व्यवस्थित गरी लिएर सबको मत ।।
रेखदेखमा खटने भूपेन्द्र भनिने सज्जन र संयोजन ।
प्रशंसा गरियो अहा कति महान बोकेर उद्बोधन ।
रोड् बालमन्दिरको सुशान्त थल यो सिर्द्धार्थ पाँच वार्डमा
यौटा ट्रष्टको स्थापना हुन गयो एक्नौ नौआठर््र् इस्वीमा ।।
यै नथ्मल गिनिया स्मृति भवनको सम्पन्न निर्माणमा ।
डाक्टर केशरजंगले उद्घाटन गरे छप्पन फाल्गुणमा ।।
यात्रामा के भए कहाँ कति कति सूची तयारी भयो ।
रेलका टिकटको परीक्षण भयो केही नपुग्ने भयो ।।
भूपेन्द्र जीवराज भई तय गरे कोही गोरखपुर गए ।
जुट्ने भो सहयोग मिल्यो सब कुरा आनन्द मान्ने भए ।।
तयारी भैरवाबाट हिंडने दोस्रो दिनमा
......................................................
फोनको घण्टी टिरिङ टिरिङ बजिगयो पाँच बज्न बाँकी थियो ।
तैयारी हुनु होस् भनेर जीवराज संझाउँदै भन्नु भो ।।
कोही मस्त अझै थिए नींद भरि कोही नुहाई कन ।
हल्ला भो छ बजे ननिस्की नहुने गाडी चढी दौडन ।।
आश्रममा पुगियो थपक्क मुरली सुनेर राजयोग गरी ।
भेटियो टिमका सबै जनहरु भ्ाला कुसारी गरी ।।
आफूलाई चिनाउन परिचय सबले दिए माझमा ।
तन्हौंका थपिए बिहान हुलमा अन्तै बसे साँझमा ।।
रेल् छुट्ने समय नियम र विधिका सारा कुरा भन्दिए ।
पैलेका घटना सफल र असफल आफ्ना अनुभव दिए ।।
के के छन् सूचना के काम कसरी गर्ने तरीका भने ।
के दिने उपहार महत्व कुनको फोटाको चौकोस भने ।।
शिविरको विषय बुझी समयमा भाग लिनु पर्ने थियो ।
गाइडले सब बन्दोवस्त गरने दायित्व नै सुम्पियो ।।
आई फेरि बताउँला सब कथा आ-आफ्ना मनका कुरा ।
भन्दै भोजनमा जुटे सब जना यात्रा तयारी पूरा ।।
यात्राको दलमा सदस्यहरुको नामै पनि लेखियो
......................................................
जम्मा छब्बिस मान्छेको टोली यौटा बनी गयो ।
रश्मी र जीवराज काका हाम्रा गाइड् बनाइयो ।।
ब्ाागलुङका आठ व्यक्तिमा गाइडमा जीवराज हुन् ।
प्ाद्मा र मन्माया श्रेष्ठ टोलीमा अरु को भनुन् ।।
ज्ञानप्रसाद काका हुन् व्यापारी दर्ीघ श्रेष्ठता ।
राम्बहादुर शिक्षक पद्माका पति देवता ।।
खेमकुमारीका लोग्ने आँबू जाने अझै परे ।
प्रेमप्रसाद हूँ भन्दै टोलीमा अघि नै सरे ।।
म्याग्दीका को को छन् भन्दा फटाफट् नाम लेखिए ।
निर्मला बलेवा माइत, सिंगानका हिमालय ।।
तुलसी, हँसिला दिल, रुद्रले पाँचनै भए ।
बागलुङ र म्याग्दीका गर्दा जम्मा पो तेह्र भै गए ।।
भैरवा भेट भैहाल्यो टोली तनहूँको पनि ।
कमला हर्षी पत्नी, भानु राजेन्द्र छन् अनि ।।
भोला सुवेदी र चेतकान्तका साथमा अरु ।
देवी प्रसादकी छोरी मोती कुमारी छन् बरु ।।
थाही माया महत् गायक रामराजाकी भाउजू ।
खैरेनी केन्द्रका तेह्र जनामा लौ गरौं रुजु ।।
विष्णुमाया अनि दर्ुगाबहादुर सँगै भए ।
रश्मी गाईडका साथ इन्दप्रसाद पनि गए ।।
ब्ोला त भैगयो फेरि भैरवाबाट हिंडने
......................................................
खाएर मीठो हिडने छ तर्खर ।
गाडीहरु आइसके नि भर्खर ।।
झोला तयारी सब ठीक् गरियो ।
पालैले टीका ग्रहण गरियो ।।
प्रसाद फूल लिइयो दिएको ।
यात्रा शुभै होस् भनेको बुझियो ।।
गाडी थिए ठिक्क बिदाइ बात ।
शान्ति कराइन हल्लाइ हात ।।
जीपमा बसियो गरी बाई बाई ।
हल्लाई हात गरी बिदाई ।।
सुन्ाौली पुग्न मनता उडीगो ।
च्ांगा बनी भैरहवा छुटियो ।।
सुनौलीबाट जानु छ गोरपुर रेल भेटन
......................................................
रिक्सा चालकका लाम आउ भन्दै कराउँछन् ।
मनमा डर लाग्दैछ कतै साथी हराउँछन् ।।
भारु कि नेरुको मोल नेरु दश दिन मञ्जूर ।
खिचोला अझ क्वै गर्छन भारुनै तिर्नु पर्छ र ।।
बिदाई गरी फर्के हुन् भैरवा केन्द्रका सखा ।
लागेथ्यो आएका छैनन् टोलीमा भन्ने अन्तत ।।
टुप्लुक्क देखिए फेरि भूपेन्द्र बन्दोबस्तमा ।
कस्तो आत्मीयता उब्ज्यो र्समर्पण कृतज्ञता ।।
मेरो लागि पो नौली छन् सुनौली झलमल्ल छन् ।
कोही छन् आइ देखेका कोही ता अलमल्ल छन् ।।
यता झार उता बोक झोला र पुन्तुराहरु ।
भाषाले मात्र भिन्दैछन् नजानी के कुरा गरुँ ।।
नेपाल भित्रिने चीज यहीं छन् रे टनाटन ।
र्सकारी बस कि अर्को खालि हुन्छ भनाभन ।।
र्सकारी बसको रेट यात्रा विश्वासको क्षण ।
बसमा चढी हुत्तिन्छौं आस्था छन् मुटुका कण ।।
दृश्य बाहिरका हर्ेन नेत्र यी दर्ुइ व्यस्त छन् ।
कोहीका गफ अर्कै छन् क्वै सर्ूर्ति माड्न व्यस्त छन् ।।
सर्ूर्ति र पानको कत्रो खपत होला हिसाबमा ।
फजूल खर्च काटेर लगाऔं कि विकासमा ।।
पहाड्मा हर्ुर्केकालाई समथर्नै मजा हुने ।
गाउँ र वस्ती देखेर मन साह्रै रमाउने ।।
मान्छे पृथ्वीका सप्पै हाम्रै त दाजु भाइ हुन् ।
सिमाना, साँध तोडेर हितैषी मनका बनुन् ।।
वस्तीमा बस दौडिन्छ खेतीका फाँट फाँट छन् ।
छाप्रा आवास छाडेर काममा सब व्यस्त छन् ।।
म्ाहलमा दुःख छुट्टै छ छुट्टै छ गाउँको मजा ।
अज्ञान भोक मेटेर उठाऔं शान्तिको ध्वजा ।।
छाप्रा छन् दुःखीका धेरै महल ता सपना भए ।
झारेर पसीना मात्रै मुखमा गास भैदिए ।।
मलम पट्टी कता गर्ने के छ र्सकारको नीति ।
भ्रष्टाचारी बने नेता हाम्रो त छैन सम्मति ।।
गोरखपुर पुगी हामी रेल्वे स्टेशनमा कुर्यौं
रेल्वे स्टेशनमा पुग्दा पसीनै पसीना भए ।
ल्ाौ गोरखपुरमा आयौ भनेर सब उत्रिए ।।
लिएर हातमा झोला साथी जम्मा भए हिडयौं ।
भूपेन्द्र त्यहीं देखिन्छन् फेरि भित्र संगै गयौं ।।
सुनौलीबाट फर्के कि भनेको चढेछन् उनी ।
ग्ाोरखपुर्सम्म नै आए स्नेही हृदयका धनी ।।
आएका दुइटा साथी हाम्रो टिकट् मिलाउन ।
व्यवस्था टिमको गर्न आँबू तर्फपठाउन ।।
प्लेटर्फम भरिएको कति हुन् मान्छेका हूल ।
थ्ाुप्रियौं एक ठाउँमा गर्मीले मन तुल्बुल ।।
यता उता डुली हेरें राम केसी संगै थिए ।
कसैले पानी तन्काए कसैले कोक नै पिए ।।
सत्याग्रह पर्यो रेल साढेचार् सम्म पर्खने ।
ब्ााहिर खै कता घुम्नु के गरौं के गरौं हुने ।।
कसैले पत्रिका लिन्छन् पढ्नमा मस्त भै गए ।
मलाई घुम्नु नै मज्जा यता उता पो रल्लिएँ ।।
कोही पल्टनका मान्छे गुन्टा बाकस मिलाउँछन् ।
कोही पर्खेर पल्टेका मस्त भै पो निदाउँछन् ।।
नेपाल गइ फर्केका भारतमा काम गर्दछन् ।
कामको खोजमा ताँती युवाले देश छाड्दछन् ।।
नेपालका गाउँमा कोही युद्धभित्र समाहित ।
कसैले गाउँ छाडेर शहरमा अस्त व्यस्तता ।।
अरब र सात समुद्र काटेका काम खोजन ।
भारतमा कति पस्दैछन् कस्ले हो सुन्ने रोदन
छाडेका घर नेपाली भारतमा काम गर्दछन् ।
कतिको जीविका हुन्न कति पेन्सन भर्दछन् ।।
नेपाल छिंडी हो छुट्टै ठूलो भारत हो घर ।
अंश भिन्द भयो मात्रै उतै उन्नति उर्बर ।।
तिहुन खाने ती हुन् नानी भान्साको काम गर्दछिन् ।
तिनै बेचिएकी चेली कान्छाको काम पर्दछिन् ।।
नेपाल्मा दुःख खेपेर जेठा कान्छा पठाउँछन् ।
बिहेको तिल्हरी बेची रेल्को टिकट कटाउँछन् ।।
गोरखपुर पुगियो धेरै घुमियो रेल खोजन ।
सत्याग्रह थियो हाम्रो रक्सौलबाट आउन ।।
प्ाोका र पुन्तुरा बोकी रेलमा चढियो जसै ।
सुस्त सुस्त गरी पैला हर्ुइंकियो रेल पो उसै ।।
यौटा साथी चढे भित्र निरञ्जन शाह नामका ।
डाक्टर भारतमा पढ्ने विद्यार्थी हाम्रो देशका ।।
मेरो श्रीमतिको पेट गडबडी औषधि दिए ।
बाटोमा गफ भो हाम्रो यात्राका साथी भैदिए ।।
गोरखपुर बाट गोण्डामा सात पन्ध्र बजे पुग्यौं ।
चार् बजे गोरपुर् छाडी बाटोका दृश्यमा भुल्यौं ।।
मुगहर, खलिलावाद, वस्तीका वस्ती छोडियो ।
गोण्डामा अलिबेर गाडी आएर चट्ट रोकियो ।।
ओर्लने उक्लने कोही कोही समान बेचन ।
कोही बोतलमा पानी भरेर लागे दौडन ।।
कसैले सातुका पोका फुकाए खान लाइयो ।
अचार, छोप बाँडेर खाई मस्त रमाइयो ।।
चेकमा आएका टीटी हेरे टिकट टीमका ।
जीवराज र लक्ष्मीले मिलाए टोली भित्रका ।।
पल्टियो सिटमा सुत्न न्रि्रा आएन एक्छिन ।
काटेर कचरी भन्ने सुतियो ठाउँ सम्भिmन ।।
बिहान बजेको पाँच बरेली पो रहेछ यो ।
हल्लाखोर गरे साथी अनि पो बल्ल ब्यूँझियो ।।
रामपुर छाडेर जक्सन् मुरादावाद्मा पुगियो ।
बिहानी दृश्य हेरेर मजाले पो रमाइयो ।।
शाहीदावाद काटेर अजमेर् पनि काटियो ।
रेलकै गतिमै सूची, निची औ मुख धोईयो ।।
सफा चट्ट भई मैले चियाको स्वादमा रमें ।
कुल्फी पो खाउँ भन्दैथे खाएरै रेलमा घुमें ।।
यता उताका डिब्बामा घुमेर अरुका कुरा ।
सोधियो रात कस्तो भो न्रि्रा र भोकका कुरा ।।
अवस्था सबको ठीक हँसिलाथे सबै जन ।
यात्रामा जो थिए सप्पै देखिए जन सज्जन ।।
पुरानेा दिल्ली पुगेर पर्खियो रेल साँझको ।
दिल्लीका घुमियो ठाउँ गाडी थियो रिजर्भको ।।
लाल किल्ला पनि हेरी सबैको मन दंग भो ।
लोटस् मन्दिर पुगेर गाडी भेटन फर्कियो ।।
दिल्ली मेल थियो हाम्रो छ बजे साँझ कुदने ।
सोह्र नम्बर डिब्बामा चड्नु पर्दछहै भने ।।
लस्सी ता पिईयो कत्ति पेट फुट्ला सरी भयो ।
आँबूको मनको चित्र मन भित्रै रहिरहृयो ।।
महत्तम यात्राको सानो यो कविता बन्यो
......................................................
यात्राबाटै प्रकृति भरिका दृश्य पाइन्छ देख्न ।
यात्राले नै प्रेरित गरने भाव मनका ओकल्न ।।
कुत्कुत पार्ने यै हो यात्रा लेखुँ यौटा कविता ।
यात्रा रै छ दिल बहलिने शक्ति जस्तै सविता ।।
के के देख्छन् नयन द्वय यी स्मृति भर्छन् अमित ।
के के सुन्छन् कर्ण्र्ााी दर्ुइ नौलो शिक्षा समेत ।।
पाइला रोकी नयन अडिने दृश्य सौर्न्दर्य ताकी ।
हेरौं हेरौं अघि बढी नयाँ भन्छ यो मन् नथाकी ।।
यात्रा रैछ गजब मनको ओखती पिर मेट्ने ।
यात्रा नै हो दूर दूर तकका हितका मित्र भेट्ने ।।
यात्रा नैहो धरती गतिले नापी नापी छिचोल्ने ।
यात्रा नै हो खगोल दूरको शान्त क्षितिज् बिथोल्ने ।।
यात्रा एक्लै प्रेयसी नभए स्नेहको दूरी लामो ।
बढ्दै जान्छ मन भरि छुने घरको धूरी खाँवो ।।
देशै छाडी पर गए पनि सगरमाथा र बुद्ध ।
यिनै नामले पनि बनिएका हामी हुन्छौ प्रबुद्ध ।।
यात्रा यौटा भूगोल भरिको लेखियो इतिहास ।
यात्रा युद्ध सहज बनने राजनीति प्रवास ।।
शिक्षा, स्वास्थ्य कति कति भए सिर्जना खोजपर्ूण्ा ।
विना यात्रा अब बनिरहे सारा विद्या अपर्ूण्ा ।।
हुन्नन् यात्रा शरद ऋतुका जस्ता वषर्ा झरिका ।
यात्रा बन्छन् फरक फरकै गृष्म औ शिशिरैका ।।
उही ठाउँ यस पटकको भिन्न अर्को पटक छ ।
पैले भन्दा यस पटकको रोचकै बन्न सक्छ ।।
यात्रा हुन्छन् विविध रुचिका एक उद्देश्य हुन्न ।
यात्रा हुन्छन् दिल कूप भरीे ज्ञान भर्छन् चुहुन्न ।।
यात्रा कस्तो मन भरि नयाँ गीत उब्जाई दिन्छन् ।
यात्रालेनै सु-षु)प्त मनको भाव ब्यूझाई दिन्छन् ।।
यात्रा खोला पर पर गयो बन्छ आफै समुद्र ।
यात्रा कस्तो पर पर गयो घुम्छ भूगोल भित्र ।।
यात्रा यौटा सुयोग त भयो पुगियो आँबू भित्र ।
आत्मा आफ्नै पुलकित भयो देखी देखी विचित्र ।।
मिलन गोष्ठी जमघट हुने भिन्न शिक्षण कलामा ।
यात्रा हुन्छन् लिन दिन दुबै प्रवचन कि सभामा ।।
कोही यात्रा दगुरी दगुरी स्वास्थ्यका लागि गर्छन् ।
कोही यात्रा पहाड चढने शोखका लागि गर्छन् ।।
भिसा हान्दै परदेश गए कामका लागि यात्रा ।
देशै छाडी कति कति हिंडे चाहेनन् फिर्ती यात्रा ।।
धनका शोखी अब कति बने बाध्यता छन् कतिका ।
आँशु झार्ने पनि कति भए यात्राले श्रीमतिका ।।
दर्ुगम बाटो कति कति हिंडे लाहुरे र भरिया ।
यी यात्राको अलिकति कथा भुल्ने छैनन् हलिया ।।
यात्रा गर्छन् अझ कति जना तर्ीथका पाटी पौवा ।
स्वर्गै जाने भनिकन कति धर्मको लाई हौवा ।।
राति राति उठीकन कुनै स्वास्थ्यको लागि यात्रा ।
प्ाोका बोकी अझ कति हिंडे गाउँको हर्ेन जात्रा ।।
तीजै आयो घरवधु हिडिन् माइतीकै नियात्रा ।
साथी छैनन् कति दिन बसे ससुरालै छ यात्रा ।।
यात्रा बन्छन् कति त रसिला टोली संयोजनैले
यात्रा बन्छन् सुखमय कतै बास वा भोजनैले
तीता मीठा सब तरहका यात्रा मिश्रति बन्छन्
देखी भोगी अनुभव गरी स्मृति ताजै रहन्छन्
एक्लै यात्रा कहिले गरियो कैले झुण्डै बनाई
शैक्षिक यात्रा पनि कति बने छात्र छात्रा बनाई
ताकी तर्ीथस्थलतिर चलीे बोकी झोला र पोका
पढ्ने यात्रा पनि कति भए मन्को साँचेर धोका
यात्रा नारा जुलुस पनि हुन् खोजी गन्तव्य पुग्ने
लड्ने भिडेने रणनीति भरी आफ्नो मन्तव्य फुक्ने
यस्ता यात्रा जीवन पथका लामो छोटा छ धेर
कैले आफ्नो प्रतिकूल बनी आयो मौसम ल हेर
मान्छे आफ्नै रहन-सहनका रीति रिवाज धर्म
प्रकृतिका अनुपम कला सिर्जना बोकी मर्म
यात्रा नै हो मन भरिदिने प्रेरणाका संहिता
यात्रा नै हो पुस्तक खुला हर्ेनलाई रमिता
कोही यात्रा नगरबसमा कोही ट्याक्सी र टेम्पो
आफ्नै गाडी लिईकन कुनै हिंड्दछन् बोकी घ्याम्पो
हेलीकोप्टर चढिकन कुनै देशमा गर्छ यात्रा
कोही घोडा चढिकन गई स्थानीय भर्छ जात्रा
कतै यात्रा सहज कति छन् प्लेनमा उडी उडी
रम्छन् कत्ति मन खुस बसी रेलमा गुडी गुडी
साइकल पांग्रे चढिकन कुनै यात्रा गर्छन् रमेर
कोही जंगल तिर पसी घुमे हात्तीमाथि जमेर
डुंगा यात्रा बसिकन कतै पानीजहाज चढ्छन् ।
प्ौदल यात्रा रनवन घुमी कोही शिकार गर्छन्
मन्दिर तर्ीथस्थल कति घुमी व्रत धर्मै गरेर
यात्रा भर्छन् अझ कति जना भेटघाटै भनेर
नियात्रामा अझ कति जना ठेली लेखेर बस्छन्
यात्रा भन्दै अझ कति जना काव्यमा चिल्लो घस्छन्
उम्रेका यी मनचउरका भावनाका टुसाले
यौटा थुंगा थपियो अबता कुत्कुति लागनाले
बन्दै जाओस् हरिलो र भरा फाँट साहित्य भन्दै
यात्रा सम्झी कथन गरियो सूक्ष्म काव्यै नभन्दै
यात्रा फूल पनि एक कुना ङच्िच हाँस्यो फुलेर
नियम पालन नगरिकन ता छन्दको यतिखेर
राजस्थान बलेको छ आँबूको रम्यता भरी
......................................................
राजस्थान विशालै छ सुतेको समतल धरा ।
यता उता उजाडै छ देखिंदैन हराभरा ।।
रैल दौडिन्छ हर्ेर्दैछौं झयालबाट चिहाउँदै ।
कस्तो गर्मी हपक्कै छ पसीनाले नुहाउँदै ।।
भन्छन् भारतीय कोही सात मैना अघितिर ।
परेको थियो रे पानी चीसो पारेर सिर्सिर ।।
त्यसैले हरिया वृक्ष कतै धारा छ निर्मित ।
अनुकूलित छन् जीव प्रकृति भित्र सिर्जित ।।
लगानी हेर कत्रो छ प्रयास सरकारको ।
रेल गुड्ने छ यो बाटो सुविधा दरकारको ।।
ढुंगामाथि कतै फूल पानी माथि छ ताप कि ।
संसारै देखियो कस्तो रेलमा गुडी छक्ककी ।।
धेरै टाढा कता डाँडा आँखामा हरियो छवि ।
कतै विछाउने ढुंगा मनै बन्दछ यो कवि ।।
मूला काटे सरी काट्ने ढुंगाका चकनाहरु ।
ठूलो सम्पत्ति पो रैछ यो मरुस्थल गेगरु ।।
ठूलो हो सिर्जना श्ाक्ति प्रकृतिको अनेकता ।
चेरापुञ्जी सबै ठाउँ भई के अर्थ राख्छ त ।।
कतै खैरो कतै रातो कतै कालो अनेकन ।
सिर्जियो कसले रंग कले भर्दियो स्पन्दन ।।
पैसा भए पो देखिन्छ गया र काशीका कुरा ।
पैसाले किन्न पाईन्छ मर्ूर्ति मन्दिरका कुरा ।।
घूस भुस सबै पैसा पैसाका गुरु बन्दछन् ।
एकलब्यले मात्रै पो आस्थाको दीप बाल्दछन् ।।
भन्छन् ज्ञान सरोवर प्रकृतिको विछट्ट रौम्य स्थल ।
कस्तो गर्मी थियो त्यो रेल झरदा पैतिंस किमी तल ।।
यो डाँडा हरियो के छक्क परियो थुप्रा अतिथि गृह ।
स्वागतमा उभिए महन्त मनका वार्ता बने झन् प्रिय ।।
हाम्रो नाम दियौं गर्यौं परिचय दर्ता गरायौं पनि ।
खाने बस्ने सबै नियम भनि दिए कोठा देखाए अनि ।।
झोला सामल ली गयौ अलिपर आवासमा भित्रियौ. ।
आत्मार् इश्वरका रमाई बसियो सारा दुःखै बिर्सियौं ।।
हेरियो हल ती व्यवस्थित थिए प्रभाग थुप्रै थिए ।
राजयोग्को महिमा अझै पो बुझियो शान्ति कथा सिर्जिए ।।
क्वै प्रभाग कला र संस्कृति रहे त्यो क्षेत्र हर्ेर्ने गरी ।
शिक्षा, स्वास्थ्य र युवा प्रभाग पनि छन् सारा व्यवस्था गरी ।।
प्रशासन गरने प्रभाग बलियो प्रबन्ध सब गर्दछन् ।
वैज्ञानिकहरुको प्रभाग छ खडा गवेषणा गर्दछन् ।।
नारीको उत्थानमा त कति छन् प्रभाग् सम्हालीकन ।
थुप्रै विषयमा प्रशिक्षण हुने खालि रहन्नन् दिन ।।
प्रभागहरु व्यस्त कार्य गरने उद्योग व्यापारका ।
गाउँ उन्न्ातिमा जुटी कति जना ग्रामीण विकासका ।।
मानवका सब धर्मर् इश्वर उही धार्मिक प्रभागले ।
विविध कार्य पनि सम्हाल्दछ उही सामान्य प्रभागले ।।
के हो शान्ति सदा छ प्रश्न मनमा
......................................................
शान्ति आवाज होइन झगडा पनि होइन ।
आन्तरिक शक्ति हो शान्ति अशान्त मन होईन ।।
आध्यात्मिक मूल्यमा क्रिया परिणत् गरियो भने ।
अशान्ति लाग्छ ओझेल आपर्ूर्ति शान्तिको हुने ।।
मनमा जति चिन्ता छ आत्मा उत्ति अशाान्त छ ।
मन शून्य भए देखि मानसिक रोग हट्दछ ।।
वियोगी सबको बन्दै योगी अनन्त शक्तिको ।
बदली बुद्धि संस्कार छाडेर मार्ग भक्तिको ।।
कर्म यै धर्तीमा गर्ने ज्ञान विज्ञान मिश्रति ।
सद्भाव सबमा राखी नबनी लुब्ध आश्रति ।।
लिएर सत्य संकल्प बोकी अन्तानुशासन ।
स्वमूल्यांकनको खोजी गरी शान्त रहोस् मन ।।
स्वप्नामा पनि डर लाग्छ एकान्तमा झनै डर ।
प्रतिस्पर्धा छ साथीमा रीसले लड्न तर्खर ।।
वनजंगलमा घुम वा लुक बन्द गृहमा ।
सिर्जना नसके गर्न शान्ति नै हुन्न धर्ममा ।।
स्वप्रबन्ध भए देखि अन्य प्रबन्ध मिल्दछ ।
मिल्छ सपलता भन्छन् शान्तिको द्वार खुल्दछ ।।
बोकेर ज्ञानको कुञ्जी खोलेर कर्मको घर ।
मानसिक शान्तिका लागि सद्भाव सबमा छर ।।
ओम शान्ति पार्कमा पुग्दा मनै प्रफुल्ल भै गयो
ओम शान्ति पार्कमा जान हुत्तियो गाडी वेगले ।
दिलमा भरियो चित्र देखियो जत्ति नेत्रले ।।
सम्पादन् नभई दृश्य मस्तिष्कमा छतालिए ।
महत्वपर्ूण्ा वाक्यांश लिपिमा नत बाँधिए ।।
न कतै सिर्जियो भाँडो अनुभूति संगालने ।
न बाल्न सकियो दीप कुभावहरु प्ाोलने ।।
परिवर्तन आफैमा ल्याउनु नै महान् कुरा ।
स्वप्ना मानिसका कैले हुन्थे जीवनमा पूरा ।।
फूल सुन्दर छन् कत्ति माली गोडन मस्त छन् ।
काँढाका घाउ धोएर मल्हम र पट्टी गर्दछन् ।।
पचाई विष काँढाको अचाई श्रमको रस ।
हजारौं हर्ेदछन् काम पुरुषार्थ गरी बस ।।
यत्रो भो आज पो रुख रोपेको नानी जन्मदा ।
आफ्नै नानी सरी प्यारो छहारी ओत लाउँदा ।।
नानी दौडन्छे हर्ुर्केर पढ्ने लेख्ने भई ठूली ।
त्रि्रो अव्यक्त शिक्षाको महिमा उसले भुली ।।
हजारौं पैतला बोकी यो पार्क कति मस्त छ ।
छाता आकाश ओढेर ऋतु रुप बदल्दछ ।।
यस्तै नक्कली मान्छे छन् चाहियो परिवर्तन ।
गुण अष्ट भरी मान्छे बन्नु छ सभ्य सज्जन ।।
कतै प्रस्तर खोपेर ध्यान केन्द्र बनाईए ।
ढुंगा आकारमा ढाली उपयुक्त मिलाईए ।।
मान्छेको श्रमले गर्दा शान्ति पार्क सुरम्य छ ।
प्रकृतिका यी अध्याय बोधगम्य नबन्दछ ।।
प्रकृति भित्रका हामी आत्मा भेट्न अगम्य छ ।
विचलित् मन रोक्नु नै मर्ूधन्य प्रण गर्नु छ ।।
कुनर् इश्वरले रच्छ- झन् कला छ मनुष्यको ।
कुनर् इश्वरले सोच्छ- मान्छे सोच्छ भविष्यको ।।
आविष्कार कले गर्छ - को मान्छे भित्र आउँछ- ।
र्सर्ूय अस्ताएको रात मान्छे विद्युत ल्याउँछ ।।
कृत्रिमता कति भिन्दै प्रकृति प्रतिभा सुते ।
राम्रो प्रकृति के बन्ला मान्छे मान्छे सधैं जुधे ।।
देखेर अरुको दुःख मान्छे नै दुःखी बन्दछ ।
हाँसो र आँशु साटेर समता बोक्न थाल्दछ ।।
आफ्नो अस्तित्वको टुंगो खोज्न थाल्यौं भने अब ।
प्रकृति रचना आत्मा बुझनेछौ ज्ञान वैभव ।।
ठूलो अक्षरको ओम पार्कको नाम र्सार्थक ।
शान्तिका लागि यो यात्रा किन बन्थ्यो निर्रथक ।।
कुन संसार हो यस्तो मनमा रम्यता दियो ।
के थियो सिर्जना यस्तो कस्तो यो सभ्यता थियो ।।
पुगेर फर्किहाल्नु के चौरमा बसियो सबै ।
खेल खेल्ने दिए राय समय बितिगो उसै ।।
निर्धारित अवधि भित्रै डुलेर पार्क हेरियो ।र्
कर्म योगी महान् आत्मा हाम्रो ता मन फेरियो ।।
कस्तो छ मान्छेको दृष्टि मान्छेले मान्छे देख्छ कि
......................................................
फूलै संसार आँखा नै फूलको गीत मार्मिक ।
पापी दृष्टि भए पापी, धर्मीको दृष्टि धार्मिक ।।
गुरुका गुरु छन् दृष्टि, लघुका लघु दृष्टि छन् ।
नास्ने विनाशका दृष्टि, र्सजकका सृष्टि बन्दछन् ।।
लोभीको दृष्टि लोभी छ, कामुकका मूक दृष्टि छन् ।
भ्रष्टका भ्रष्ट छन् दृष्टि प्रेमीका दृष्टि कृष्टी छन् ।।
महलमा माग्नेको दृष्टि नबुझी बृष्टि गाली छन् ।
कविको के भए दृष्टि- भावका पृष्ट खालि छन् ।।
नेताका के भए दृष्टि कार्यकर्ता नदेखने ।
कार्यकर्ता कता दृष्टि नेतानै हर्ेन बिर्सने ।।
दिव्य दृष्टि लगाएर हर्ेछन् रे जनताहरु ।
कुदृष्टि युगको हो कि सिर्जन्छन् यी सखाहरु ।।
भारतको दृष्टि अर्कै छ, चीन भन्न नचाहने ।
भारत्नै नचिनी दृष्टि नेपाल्मा किन लाउने ।।
गिद्धे दृष्टि लगाएर हेरें आकाश र घर ।
काकाकूल् रोएको आँशु दृष्टिमा कस्को पर्छ र- ।।
गोली पैस्तोल बोकेर कोही दृष्टि लगाउँछन् ।
झोलीमा गेरु पैरेर होली खेल्न रमाउँछन् ।।
आफ्नै स्वाधीनता बेच्ने दृष्टि हो अपराधको ।
प्रेम बेचेर हिड्ने म मलामी वरियातको ।।
कलिलो शिशुको दृष्टि आमाको अंकमालमा ।
यो दृष्टि बैंशले छोपी प्रेमीका पुष्ट भालमा ।।
माकर्ुर्कुर परेवा दृष्टि बाजका दृष्टि छल्दछन् ।
दृष्टि फेल भए भोकै बाज के सिंह मर्दछन् ।।
डोरी नै र्सप देखिन्छ दृष्टिभ्रम भयो भने ।
आत्माको तत्व खोजिन्छ अन्तदृष्टिर् भयो भने ।।
दृष्टिको गति भन्दा नि द्रूततर गतिमा चले ।
सही स्वरुप देखिन्न ढीला यी चक्षु दृष्टिले ।।
कसैका दृष्टिमा आमा कसैका सहभागिनी ।
कसैका दृष्टिमा स्रष्टा कसैका बुद्धिनाशिनी ।।
ढुंगोमा फूलको दृष्टि बज्र दृष्टि कपासमा ।
फलामै घिउका डल्ला दृष्टिकै हुन्छ शासन ।।
आफ्नो भित्र छ के चिन्दै दृष्टि स्वच्छ बनाउन ।
धरणी यही हो र्स्वर्ग सभ्य वस्ती बसाउन ।।
जुटेर कर्ममा लागे अजश्र श्रोत मिल्दछन् ।
माटोमा पसिना सिञ्चे हिरा र मोती फल्दछन् ।।
विचार कसको कस्तो मान्छेको भित्रको मन
......................................................
संसारमा सबै भन्दा ठूलो विचार हो बुझ ।
सिर्जना सभ्यता सप्पै यै हो विचार अद्भूत ।।
दार्शनिक युगका द्रष्टा वैज्ञानिक हुन् विचारक ।
विचार भाव बोकेर शब्दमा कति भावुक ।।
धनी विचारका मान्छे विचारैले अकिञ्चन ।
विचार जीत वा हार विचार दुष्ट सज्जन ।।
अक्षम वा क्षमतावान भूमिका छ विचारको ।
सद्विचार सदा राख यसैले बन्दछन् निको ।।
डुब्ने विचारले मान्छे देख्दैन अन्तरिक्षमा ।
उठ्ने विचारको मान्छे बस्दैन एक ठाउँमा ।।
मान्छे विचार राख्दैछ मान्छे बन्ने भने जब ।
छाडी दर्ुर्गुण सुध्रेर भरिन्छन् सद्गुणै सब ।।
भ्ाोकाको छ विचार् खाने नांगाको लाउने भए ।
प्ा्रेमीले प्यारको लागि प्रेमीका खोजी नै रहे ।।
रातमा र्सर्ूय खोजेर दिनमा चन्द्र चाहने ।
त्रि्रो विचार पक्काहो भने पक्का छ पाइने ।।
चिन्ता वा खुशीका भाव विचार जड कारण ।
आत्माको शुद्धिको लागि स्वच्छ विचार पालन ।।
विचार शक्ति आत्माको शक्ति संस्कार बुद्धिको ।
पुनर्विचार राखेर सभ्य शुद्ध बनोस् निको ।।
भिन्न बन्दैन यो शक्ति आत्मालाई बचाउने ।
साथ प्रकृतिको छाडे संस्कारै भिन्न बन्दिने ।।
असल संस्कारका लागि विचारै हो ठूलो कुरा ।
सद्विचार भए देखि बन्दछन् सब काम पूरा ।।
निरोगी छु सदा सोच रोग पाइन्न वक्षमा ।
मायालु मनमा सोच सब छन् त्रि्रो पक्षमा ।।
सोच आत्मा छ यो त्रि्रो सबै शक्ति पूरा पूरा ।
सिर्जना गर्न सक्ने छौ यै हो विचारको कुरा ।।
परिवर्तन चाहिन्छ आफू भित्रै गराउन
परिवर्तन पांग्राहो घुमेर आफ्नो अक्षमा ।
हजारौं किमीको दूरी गाडी झैं पुग्छ लक्ष्यमा ।।
नाचेर अक्षमा बस्ने हैन मानवको गति ।
आत्माको अक्षमा घुम्दै गर्नु छ हाम्ले प्रगति ।।
कुभावहरुका चक्र सद्भाव खोजीमा घुमुन् ।
यथास्थान बदल्दै यो लक्ष्यको विन्दुमा पुगुन् ।।
हामी वाहक बन्नु छ परिवर्तनका लिए ।
परिवर्तन आफैमा ल्याउनु पो महान् छ ए ।।
परम्परा र बानीमा सुधार्नु पर्ने छन् कति ।
संस्कार सौम्य पारेर पछ्र्याई आत्म प्रगति ।।
एक्लै बनेर के भो र सही चिन्तन उब्जिए ।
यही चिन्तन बोकेर विश्वनै एक भैदिए ।।
एक एक गरी व्यक्ति आफैलाई बदल्दिए ।
सिंगो संसार फेरिन्छ चेतना जल बर्सिए ।।
प्रकृति परिवर्तन छ हिउँ पानी बने सरी ।
मान्छेले मान्छे बोकेर उडाइ मनका चरी ।।
उषाका लाली फेरिन्छन् रातमा चन्द्रको रुप ।
भ्रूणको शिशु जन्मेर तन्नेरी भाग्य प्रारुप ।।
युगौं युग बितिजान्छन् परिवर्तन चक्रमा ।
परिवर्तन संभव छ हाम्रो जीवन क्रममा ।।
परिवर्तनकै लागि देख्ने सुन्ने गरिन्छ जो ।
अनुभूत मानसिक शान्ति मान्छे भित्रै रहन्छ त्यो ।।र्
धर्म हो लड्नु नै पर्ने आफ्नो ज्यान बचाउन ।
परिवर्तन चाहिन्छ मित्रता बोकी आउन ।।
को मान्छे को थियो हिजो आज कस्तो परीक्षण ।
बोली भाषा र संझौता फर्ेर्ने गर्दछ क्वै प्रण ।।
सद्विचार सदा राखी बदल्नु छ कुभावना ।
सदा सत्य लिई बाटो गरी असत्य सामना ।।
बुद्ध हुन् राजकुमार फेरिए कसरी तिनी ।
भानुभक्त पनि फर्के घाँसीका बचनै सुनी ।।
कालिदास थिए भन्छन् महामर्ूख र लम्पटी ।
बाल्मिकी को थिए पैले बने उत्कृष्ट सम्पत्ति ।।
हाम्रो भित्र त केही छ हामीलाई बदल्दिने ।
बाहृय संसारका झिल्का मन भित्रै उज्यालिने ।।
औंसी भित्रै छ के त्यस्तो दिन झैं बन्ने झल्मल ।
सद्बुद्धि रहमा उत्रौं नगरी अब अल्मल ।।
अध्यात्म सब भित्रै छ मान्छेको चाहिने कुरा
......................................................
देह भौतिक हो यौटा आत्मा अध्यात्मको घर ।
मन, बुद्धि र संस्कार आत्मा मालिक सुन्दर ।।
ज्ञान, प्रेम अनि शान्ति शक्ति आनन्द औ सुख ।
आत्माका गुण रित्तिन्छन् पर्छ संकट औ दुःख ।।
आत्मा हो अनुभव गर्ने सुख वा दुःखको क्षण ।
पदार्थ तत्वकै शक्ति आत्माको बन्छ कारण ।।
आस्तिक, नास्तिक आदि पक्ष अध्यात्मका दुबै ।
सिद्धान्त र विचार्धारा आध्यात्मिक पक्ष हुन् सबै ।।
अध्यात्म भित्री हो मार्ग पदार्थ बाहृय खोल हो ।
अध्यात्म खालि मान्छेको विचार शक्ति बोल हो ।।
आत्मा हो अनुभूत् गर्ने गुण वा दोष बोकने ।
आत्मा हो सिर्जना गर्ने दर्शन वा शक्ति ठोकने ।।र्
र्
इश्वर मान्नेहरु भित्र मात्र अध्यात्म होइन ।
न्ाास्तिक शठ पाखण्डी पनि अध्यात्मका हुन ।।
यही अध्यात्म शक्ति हो विवेकी शठ बन्दछ ।
यही अध्यात्म शक्तिले मान्छेलर्ेर् इश रच्दछ ।।
परिवर्तन गर्ने यी शक्ति अध्यात्मका हुन ।
यही अध्यात्म शक्तिले सकिन्छ मनमा छुन ।।
देवता हामी भित्रै छ कर्म छन् जाति पातिका ।
नयाँ संस्कार अध्यात्म छोरा नाति पनातिका ।।
ठूलो शक्ति विचारै हो यही अध्यात्मको घर ।
ज्ञान, सीप र वृत्तिको आध्यात्मिक चेत सुन्दर ।।
सिर्जना अनि मान्छेको योग अध्यात्म भाव हो ।
आन्तरिक शक्ति सौर्न्दर्य आध्यात्मिक प्रभाव हो ।।
मन मस्तिष्क चाहिन्छ सम्पादन गर्न लक्ष्यको ।
यही अध्यात्मले भर्छ खजाना ज्ञान पक्षको ।।
परिवर्तन आउन्न मन भित्र नगैकन ।
योजना दिलका सोच सकारात्मक नभैकन ।।
वैज्ञानिकहरुका खोज हुन अध्यात्मका फल ।
कविका कविता रच्ने दिल अध्यात्म हो बल ।।र्
अर्थ राजनीति रच्ने कार्लमार्क्स पर््रवर्तन ।
पक्ष अध्यात्मको यौटा अनिश्वरवादी दर्शन ।।
अध्यात्म मान्छे भित्रै छ मान्छेले नै बनाउँछ ।
अध्यात्म खोजी मान्छेले मान्छे मान्छे बनाउँछ ।।
विश्वका धर्मका भाव मान्छेलाई समेटने ।
खोजेर मनका मान्छे मान्छेलाई चिनाउने ।।
एकता सूत्रमा बाँध्ने यही अध्यात्म शक्ति हो ।
छाडी संकर्ीण्ाता बोकी सद्भाव अनि भक्तिको ।।
अध्यात्म भाव हो यौटा देखिंदैन कतै पनि ।
विचार भित्र गाँसेर अध्यात्म बुझनु पर्छ नि ।।
यही अध्यात्मले मात्र झुल्किन्छ वास्तविकता ।
हर्टाई मनको भ्रम मन भित्र उज्यालो ता ।।
ल्याउने शक्ति हो यस्तै आफैंलाई चिनाउने ।
आध्यात्म सूत्र हो यौटा अपनत्व जगाउने ।।
आत्माको खोजीका लागि अनुपम यही यन्त्र हो ।
कला विज्ञानको संगम अध्यात्म एक मन्त्र हो ।।
मानव गौरवका गाथा उपलब्धि र्समर्थता ।
सार निस्सार बन्नेछन् विना अध्यत्मका कथा ।।
मन भित्र भाव के छ विज्ञानले देख्छ ।
यही भाव अध्यात्म हो अज्ञानले छेक्छ ।।
परमात्मा राख्ने ठाउँ मनले दियो भने ।
मानवता यै हो साथी एकै आत्मा बने ।।
घुच्याएर, उठाएर मुड्की बजारेर ।
विज्ञानका नाना विधि यन्त्र घुसारेर ।।
आत्मा भित्र अध्यात्मको ठाउँ अटाउन्न ।
पदार्थ नै हैन तर चेतन हराउन्न ।।
आँशु दाना झार्ने को हो हाँसो कस्ले दियो ।
असन्तोष भयो कहाँ शान्ति कस्ले दियो ।।
यै हो छाति किन जल्छ रीस किन उठ्छ ।
अविश्वास आशंकाले किन त्रास बढ्छ ।।
यही अध्यात्म हो हाम्रो मान्छे बन्नु पर्छ ।र्
नर्तकी र गुरुआमा भान्छे बन्नु पर्छ ।।
अध्यात्मले गुण अनि कार्य बनाउँछ ।
कतै र्स्वर्ग कतै नर्क मान्छे बनाउँछ ।।
Comments
Post a Comment